escape the reality for a moment
										यही छु म, तर मन कहाँ-कहाँ डुलदैछ   
यहाँ सबै, फेरी-फेरी टुक्रिन्दै सम्मालिन्दै छ   
जति-जति छन् सुरुवातहरू, उतिनै अन्त पनि छ   
चलि रहने यो कहानी, हो! टारीनै पर्ने छ   
   
फेरी पनि यो विन्ती छ   
वास्तविकतामा न फर्काउ   
रमाउन देऊ क्षणभरलाई   
यो कल्पना अनि म   
   
यही छु म, सोचहरूको कुहिरोमा आफैलाई गुमाउदै   
यहाँ सबै बाँची रहेछन् , दु:खहरू समयले पन्साउदै   
जति-जति छन् इच्छाहरू ,उतिनै मनलाई बुझाउदै   
चली रहने यो समय, जान देऊ एक क्षणलाई   
   
फेरी पनि यो विन्ती छ   
वास्तविकतामा न फर्काउ   
रमाउन देऊ क्षणभरलाई   
यो कल्पना अनि म   
   
गहिराइ गहिरिन्दैछ कि म आफै डुब्दै छु?   
सबै उत्तर नपाए पनि प्रश्नहरूमै रमाउद छु   
   
कही तिमी अघि, मेरो शून्यता लुकि नै रहने छ   
कतै म भित्र, मेरो शून्यता गुञ्जिनै रहने छ   
   
फेरी पनि यो विन्ती छ    
वास्तविकतामा न फर्काउ   
रमाउन देऊ क्षणभरलाई   
यो कल्पना अनि म   
फेरी पनि यो विन्ती छ    
वास्तविकतामा न फर्काउ   
रमाउन देऊ क्षणभरलाई   
यो कल्पना अनि म