Published 2 years ago in Nepali Music

paryapta

  • 26
  • 1
  • 0
  • 1
  • 1
  • 0

more than enough

Lyrics

भुलिदेउ एकक्षणलाई यो संसार तिमी
बाचौंला फेरी कुनै दिन अब निदाईदेउ तिमी
अधुरो त यहाँ रहनेनै हो प्रयास जति गरे पनि
यो अधुरोपनमा फेरी संगै-संगै रहंदा पुरा हुन्छौं हामी
थाहा छ मलाई तिमी भित्रै बाट टुक्रिएको छौ
त्यसैले म संसारबाट बटुलेर लेउनेछु खुशीको कहानी
कतै फेरी तिमी मुस्कुराउँने हौ कि
कतै फेरी नीदाउने हौ कि तिमी

जानदेउ टाढ़िन चाहनेलाई रोकी नबस अब धेरै
संधै हामी यहाँ जित्न सक्दैनौं यो थाहानै छ तिमीलाई
बिती सक्यो त्यो पलहरु हेर यादनै हुने हो हामी सबै
जिती सकेकैंछौं हामी एक-अर्कालाई
होइनौ हामी सधै हार्नलाई
थाहा छ मलाई तिमी प्रश्नहरुमा अल्झिएको छौ
त्यसैले म यो संसार बाट खोजेर लेउनेछु सबै उत्तर तिम्रो
कतै फेरी तिमी खुलेर बाच्ने हौ कि
कतै फेरी नीदाउने हौ कि तिमी

00:32

sadhai ko jasto mitho chha yo pne

::
/ ::

Queue

Clear