Published 2 years ago in Poetry & Storytelling

tungo

  • 34
  • 1
  • 0
  • 1
  • 0
  • 0

जसको लागी लेखिएको, उसैको लागी

Lyrics

खै कहाँ लाने हो जीवनले हामीलाई,
पछ्याउदै- पछ्याउदै समयको पाइलालाई?
खै कहाँ पुर्याउने हो स्थितिले हामीलाई,
पन्छाउदै- पन्छाउदै हरेक दिनलाई?
जहिं पनि टुङ्गियोस यो मेरो जीवन,
यो हावा संगै बगी आउँछु तिम्रैतिर म,
कसी- कसी अल्झावोस यो मेरो जीवन
फुकाली आउँछु, भागी आउँछु
तिम्रैतिर म

खै कसरी बुझाउने हो यो दिन- रातलाई,
लुकाउदै-लुकाउदै मनभित्र कुराहरुलाई?
खै कहिले पाउने हो थाहा छैन मलाई,
केही नबोली, केही नसुनी तिम्रै अँगालोमा आफैलाई?
समय जति लाग्ने हो लागोस त्यो दिन आउन,
गहिरो समुन्द्र चाहे परोस मैले तर्न,
त्यो याद जस्तै फर्की आउँछु सबै आँसु रोक्न,
तिमी खुशी बस्नु, जिती आउँछु
तिम्रैतिर म

जहिं पनि टुङ्गियोस यो मेरो जीवन,
त्यो झरी जस्तै बर्सी आउँछु तिम्रैतिर म,
जति- जति यो रात सितै अँध्यारिन्छ मन,
बिहानी जस्तै फर्की आउँछु
तिम्रैतिर म

::
/ ::

Queue

Clear