Published 3 years ago in Nepali Music

naya udaan

  • 165
  • 1
  • 0
  • 1
  • 0
  • 0

fly away

Lyrics

ए हावा! जब तिमी चल्छौ त्यो वनमा
किन तिमीसंगै हुरी चल्छ यो मनमा?
धुलो-पत्ता-पंखलाई त उड़ायौ-उड़ायौ
किन उड़ौछौ यो मनलाई?
मन डुल्न उड़छ तिमीसंगै हेरन एता-उता
कहिले रमाँउदै अनी डराँउदै कता-कता
डर छैन अब केही मलाई, लैजाउ जहाँ लानु छ
तल- माथि दायाँ-बायाँ, जही पनि लौन म त तिमीसंगै अब
उड़े-उड़े
लच्किन्दै-मस्कीन्दै तिमीसंग लौन अब
उड़े-उड़े
लच्किन्दै-मस्कीन्दै तिमीसंगै म त हिड़े

आफै देखि भाग्दै छु कि आफैसम्म टारिन्दै?
मरी-मरी बाँच्दैछु कि, बाँच्नलाई मरिन्दै?
भविष्यलाई अंगाले पनि, हिजलाई भुल्दिन
किन रोक्नु आज मनलाई?
लाग्छ धेरै प्रश्नहरू अब सोद्धिन म
बन्दनै थिए बिस्तारै खुलिन्दै छु म
डर छैन अब केही मलाई लैजाउ जहाँ लानु छ
तल- माथि दायाँ-बायाँ जही पनि लौन म त तिमीसंगै अब
उड़े-उड़े
लच्किन्दै-मस्कीन्दै तिमीसंग लौन अब
उड़े-उड़े
लच्किन्दै-मस्कीन्दै तिमीसंगै म त हिड़े

हजरौं दैलो मेरै लागी खुलिएछ
हजारौं रंगहरू आई सपनासंगै जुरीएछ
फर्की हेर्दिन म ,अब
खुशीसंगै जीउने छु

डर छैन अब केही मलाई लैजाउ जहाँ लानु छ
तल- माथि दायाँ-बायाँ जही पनि लौ तिमीसंगै अब
उड़े

::
/ ::

Queue

Clear